काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् ।
आज अपरान्ह तीन बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूत्रन्युजलाई जानकारी दिएका छन् । बैठक देउवा निवास बुढानिलकण्ठमा बस्नेछ ।
एमालेबाहेक अरू दललाई बैठकमा बोलाइएको पौडेलको भनाइ छ । पौडेलकाअनुसार नेकपा माओवादी केन्द्र, कांग्रेस र जसपालाई बैठकमा बोलाइएको हो ।
कांग्रेस केन्द्रीय कार्यसमितिको गत चैत २० को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो ।
शुक्रबारको बैठक नयाँ सरकार बनाउनेबारे केन्द्रित हुने कांग्रेसका एक नेताले सूत्रन्युजलाई बताए ।
जसपाले पटक-पटक प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस र माओवादी केन्द्रसँग छलफल गर्दै आएको छ ।
नयाँ सरकार निर्माणमा निर्णायक जसपा भए पनि कसलाई समर्थन गर्ने भन्ने विषयमा निर्णय गरेको छैन ।