डढेलो नियन्त्रणका लागि स्थानीय तहलाई राष्ट्रपतिको आग्रह-Sutra News

डढेलो नियन्त्रणका लागि स्थानीय तहलाई राष्ट्रपतिको आग्रह

शुक्रबार, २७ चैत्र २०७७

शुक्रबार, २७ चैत्र २०७७

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले डढेलो नियन्त्रण गर्दै वायुप्रदूषण न्यूनीकरणका लागि सबै तहका जनप्रतिनिधि, विज्ञ तथा प्रकृतिप्रेमीलाई आह्वान गरेकी छिन् ।



राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत आज उक्त आग्रह गरेकी हुन् ।

उनले जलवायु परिवर्तनका कारण हिउँदे वर्षा अनियमित भइरहेको परिवेशमा डढेलो, औद्योगिक र सवारी साधनको धुवाँ, धुलो आदिबाट देशैभर वायु प्रदूषण बढ्नु चिन्ताको विषय भएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट