काठमाडौं- स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको जोखिम निरन्तर बढेको भन्दै विद्यालय, सिनेमाहलसहित भीडभाड हुने सबै गतिविधि बन्द गराउन सरकारलाई सिफारिस गरेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोनाको जोखिम बढेका कारण विद्यालयसहित भीडभाड हुने ठाउँ बन्द गर्नका लागि स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको जानकारी दिए ।
छिमेकी मुलुक भारतमा काेराेना भाइरसले महामारीकाे रूप लिएपछि नेपाल सरकारले पनि कडाइ गर्न थालेकाे छ ।