माओवादी केन्द्रले गर्यो बादललाई पनि कारबाही-Sutra News

माओवादी केन्द्रले गर्यो बादललाई पनि कारबाही

शुक्रबार, २७ चैत्र २०७७

शुक्रबार, २७ चैत्र २०७७

काठमाडौं- नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई कारबाही गरेको छ ।



थापाले दल त्याग गरेको पत्र माओवादी केन्द्रका राष्ट्रियसभा दलका नेता दिनानाथ शर्माले संघीय संसद सचिवालयलाई बुझाएका हुन् ।

शर्माले भने, ‘हामीले दल त्याग गरेको पत्र बुझाइ सक्यौं । संसद सचिवालयका कर्मचारी साथीहरूले दर्ता गर्दै हुनुहुन्छ ।’

यसअघि माओवादीले केन्द्रले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग तथा वाणिज्यमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु शाह र श्रम तथा रोजगारमन्त्री गौरीशंकर चौधरीलाई कारबाही गरेको थियो । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट