काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रको कारबाहीका कारण पदमुक्त भएका चारजना मन्त्रीलाई पुनर्नियुक्त गरेकी छन् ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा टोपबहादुर रायमाझी,उद्योग, वाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट, सहरी विकासमन्त्रीमा प्रभु साह, र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा गौरीशंकर चौधरीलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नियुक्यि गरी कार्यभार तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिए । उनीहरुलाई नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम नियुक्त गरिएको हो ।
उनीहरुको अपराह्न ५ बजे शीतलनिवासमा शपथग्रहण कार्यक्रम राखिएको छ ।
हेर्नुहोस् भिडियो…