नेपालमा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि-Sutra News

नेपालमा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

शुक्रबार, २७ चैत्र २०७७

शुक्रबार, २७ चैत्र २०७७

काठमाडाैं- नेपालमा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४०७१ मा पिसिआर गर्दा २८८ लाई कोरोना संक्रमण पुष्टि भएको हो । 

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार ३८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२७ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार ७३५ पुगेको छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट