काठमाडाै- सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘सुुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय अभियानलाई साकार तुल्याउन परिवर्तन र रुपान्तरणकारी कार्यक्रम कार्यान्वयनमा उत्साहपूर्वक जुट्न आह्वान गरेका छन् ।
मन्त्रालयको चालु आर्थिक २०७७/७८ को चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले पूर्वाधार निर्माणमा बजेट कार्यान्वयनका हिसाबले यो वर्षलाई सफल वर्षका रुपमा स्थापित गर्न सुझाव दिए ।
उनले भने, ‘निर्देशन मात्र पर्खने होइन, राष्ट्रसेवकले आफ्नो जिम्मेवारी पूरा गरेमा देश र जनताको भलो हुन्छ, बजेटमा समेटिएका कार्यक्रम समयमै पूरा हुन ।’
नीति तथा कार्यक्रमलाई बजेटले तथा बजेटलाई कार्यविधिले आत्मसात् गरेन भने विकास र समृद्धिका मुद्दा ओझेलमा पर्न सक्नेतर्फ सचेत रहन निर्देशन दिँदै मन्त्री गुरुङले रुपान्तरण र प्रगतिका मार्गमा आउन सक्ने बाधा र चुनौतीको समयमै पहिचान गरी कार्यसम्पादन गर्न मन्त्रालय तथा मातहतका निकायका पदाधिकारीलाई सल्लाह दिए ।