राष्ट्रपति भण्डारीबाट निखिल र स्वेता सम्मानित-Sutra News

राष्ट्रपति भण्डारीबाट निखिल र स्वेता सम्मानित

शुक्रबार, २७ चैत्र २०७७

शुक्रबार, २७ चैत्र २०७७

काठमाडौं- अभिनेता निखिल उप्रेती र अभिनेत्री स्वेता खड्का चतुर्थ श्रेणीको प्रवल जनसेवाश्री पदकबाट सम्मानित भएका छन् ।



राष्ट्रको गौरव तथा जनताको हितका लागि कार्य गरेको भन्दै राष्ट्रपति विधादेवी भण्डारीले उनीहरूलाई सम्मान गरेकी हुन् ।

हरेक वर्ष राष्ट्रको गौरव र हितका लागि योगदान दिएका विभिन्न क्षेत्रका मानिसहरूलाई उक्त सम्मान दिइन्छ ।

अभिनेता उप्रेती पछिल्लो समय फिल्मका साथ साथै अध्यात्मतिर लागेका छन् । त्यस्तै अभिनेत्री खड्का भने पछिल्लो समय सामाजिक कार्यमा व्यस्त छिन् ।

171658225_448974636194075_9133643193312634137_n.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट