काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले सरकारद्वारा प्रदान गरिने तक्मामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशयबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ माग गरेका छन् ।
विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरूलाई सरकारले शुक्रबार तक्मा बाँडेको थियो । राष्ट्रियताको सवालमा खरोरूपमा उत्रले गरेको गर्दै जनस्तरबाट प्रधामन्त्रीको प्रशंसा भइरहँदा आफ्नै पार्टी नेताले भने प्रधानमन्त्रीको राष्ट्रियतामाथि प्रश्न उठाए ।
नेता रावललले तक्मामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशय बालुवाटारमा विदेशी गुप्तचरहरूसँगको मन्त्रणा त होइन भन्दै प्रधानमन्त्रीलाई गम्भीर प्रश्न गरेका छन् ।
रावलले शनिबार ट्वीटरमा लेखेका छन्, ‘राष्ट्रियताको भावनाकासाथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्शामा दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशय के ह ? प्रधानमन्त्रीले तुरून्त जबाफ दिनुपर्छ । यसो हुनुको कारण कतै वालुवाटारमा प्र.मं.को विदेशी गुप्तचर समेतका व्यक्तिहरूसंगको मन्त्रणा त होइन ?’
राष्ट्रियताको भावनाकासाथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्शामा दार्चुला जिल्लाको लिम्पियाधुरा,लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशय के हो?प्रधानमन्त्रीले तुरून्त जबाफ दिनुपर्छ।यसो हुनुको कारण कतै वालुवाटारमा प्र.मं.को विदेशी गुप्तचर समेतका व्यक्तिहरूसंगको मन्त्रणा त होइन?
— Bhim Rawal, PhD (@BhimRawal179) April 10, 2021