पछिल्लो २४ घण्टामा ३३७ जना संक्रमित थपिए, १५१ निको-Sutra News

पछिल्लो २४ घण्टामा ३३७ जना संक्रमित थपिए, १५१ निको

शनिबार, २८ चैत्र २०७७

शनिबार, २८ चैत्र २०७७

काठमाडौं- नेपालमा कोरोना भाइरसका ३३७ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा तीन हजार ५३२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ३३७ जनामा संक्रमण पुष्टि भएको हो ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित अद्यावधिक गर्दै सो कुरा जानकारी दिएको हो । पछिल्लो २४ घण्टामा १५१ जना संक्रमति निको भएको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु हुनेको हालसम्म तीन हजार ३९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

नेपालमा कोरोनाका कुल संक्रमितको संख्या दुई लाख ७९ हजार ७२५ पुगेको छ । नेपालमा अहिलसम्म दुई लाख ७३ हजार ८८६ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट