चुच्चे नक्सा अंकित विभूषण वैशाख १ गते प्रदान गर्ने-Sutra News

चुच्चे नक्सा अंकित विभूषण वैशाख १ गते प्रदान गर्ने

आइतबार, २९ चैत्र २०७७

आइतबार, २९ चैत्र २०७७

काठमाडौं- गृह मन्त्रालयले नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू भएको नयाँ नक्साअंकित विभूषण २०७८ वैशाख १ वितरण गर्ने जनाएको छ ।



मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा लेखिएको ‘नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू भएको नयाँ नक्साअंकित विभूषण २०७८ वैशाख १ वितरण गरिनेछ ।’

यसैगरी २०७६ मा असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा भई २०७७ वैशाख १ गते वितरणका लागि तयार गरिएका विभूषणमा अंकित नेपालको नक्सा सम्बन्धमा आएको विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति मन्त्रालयले आपत्ति जनाएको छ ।

घोषणा तयारी र वितरणको प्रस्तावित समयमा रहेको नेपालको आधिकारिक नक्सा नै उल्लिखित विभूषणहरूमा अंकित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

२०७७ वैशाखको १ गते कोभिड-१९ का कारण वितरण हुन नसकेको विभूषण मात्र यसपटक सुशोभन गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट