काठमाडौं- नेकपा एमाले अध्यक्ष कारबाही गरेपछि असन्तुष्ट बनेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल समूहले ओलीविरुद्ध आफ्नो देशव्यापी संगठन निर्माण अभियानलाई तीव्रता दिएको छ ।
वीरगञ्जमा समानान्तर कमिटी गठन भएको छ । सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष भीम रावललाई खटाइएको छ । रावलले सुदूरपश्चिममा आफ्नो समूहको संगठन निर्माणलाई तीव्रता दिएका छन् ।
नेता रावलले पत्रकार सम्मेलन गर्दै कञ्चनपुर जिल्ला कमिटी अध्यक्ष तारा लामा, उपाध्यक्ष जीवन राज थापा, सचिव रणबहादुर महरा, उपसचिव रविन्द्र कुँवर, कार्यालय सचिव मोहनसिंह रावललाई नियुक्त गरेको जानकारी गराए ।
खनाल-नेपाल समूहले बाजुरा जिल्ला कमिटी अध्यक्षमा गगनबहादुर रावल चयन गरेका छन् । उपाध्यक्ष जिल्ला कमिटीले चयन गर्ने बताइएको छ । सचिवमा पुरबहादुर राउत, उपसचिव निरबहादुर शाही बनेका छन् ।
बैतडी जिल्ला कमिटीको अध्यक्षमा महादेव भट्ट, उपाध्यक्षमा कृष्ण साउद, सचिव हर्कबहादुर धानुक, उपसचिवमा गौरीदत्त भट्ट चयन भएकी छन् ।
अछामकम जिल्ला कमिटी अध्यक्षमा शेरबहादुर कुँवर, उपाध्यक्ष नन्दबहादुर कडायत, सचिव, उपसचिव र कार्यालय सचिवको चयन जिल्ला कमिटीको बैठकले गर्ने विज्ञप्तिमार्फत् बताइएको छ । कैलाली जिल्ला कमिटी अध्यक्ष दीर्घ बहादुर सोडारी चयन भएका छन् ।
डडेलधुरा जिल्ला कमिटीः अध्यक्ष डा.तारा जोशी, उपाध्यक्ष वीरेन्द्रबहादुर बस्नेत, सचिव धनबहादुर साउद, उपसचिव शकुन्तला नगरकोटी र कार्यालय सचिव जिल्ला कमिटीले तय गर्ने बताइएको छ । डोटी जिल्ला कमिटीको अध्यक्षमा चक्रबहादुर मल्ल, उपाध्यक्ष दुर्गा प्रसाद ओझा बनेका छन् । सचिव जिल्ला कमिटीको बैठकले चयन गर्ने विज्ञप्तिमा उल्लेख छ ।
कमिटीको उपसचिवमा मञ्जु मलासी, कार्यालय सचिव खड्कबहादुर कठायतलाई चयन गरिएको छ । बझाङ जिल्ला अध्यक्षमा दीलबहादुर सिंह, उपाध्यक्ष इन्द्रबहादुर भण्डारी, सचिव दमनबहादुर भण्डारी, उपसचिव धनबहादुर बोहरा, कार्यालय सचिव सुरतबहादुर सिंह चुनिएका छन् ।