कैलाली- कैलालीको कर्णाली पुलबाट टिकटक बनाउन हाम फाल्दा एकजना बेपत्ता भएका छन् । शनिबार तीनजनाले नदिमा हाम फालेका थिए ।
ती मध्ये लम्कीचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षीय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका हुन् ।
उनीसँगै नदीमा हाम फालेका लम्कीचुहा नगरपालिका वडा नम्बर १ का १८ वर्षीय लोकेश प्याकुरेल र १७ वर्षीय वीरेन्द्र सिंहलाई सकुशल उद्धार गरिएको थियो ।
प्याकुरेल घाइते भएका छन् । उनको नेपालगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
टिकटक बनाउन भन्दै नदिमा हाम फालेको इलाका प्रहरी कार्यालय लम्कीमा प्रमुख प्रहरी निरीक्षक भरत शाहले जानकारी दिए ।