मोटो, दुब्लोले केही फरक पर्दैन, मानिस फिट हुनुपर्छः वर्षा राउत-Sutra News

मोटो, दुब्लोले केही फरक पर्दैन, मानिस फिट हुनुपर्छः वर्षा राउत

आइतबार, २९ चैत्र २०७७

आइतबार, २९ चैत्र २०७७

काठमाडौं- अभिनेत्री वर्षा राउतले मानिसको शरीर मोटो वा दुब्लो भए पनि उसमा मानसिक र शारीरिक तन्दुरुस्ती रहनु पर्ने बताएकी छिन् ।



आज काठमाडौंस्थित कान्तिपथमा एक फिटनेस सेन्टरको उद्घाटन गर्दै उनले आकारमा मोटो, दुब्लो जस्तो भए पनि मानिसमा शारीरिक स्फुर्ति रहनुपर्ने बताएकी हुन् ।

कार्यक्रममा उनले कसैको शारीरिक बनावटप्रति खिसिट्युउरी (बडी शेमिंग) गर्नेहरूको मनस्थितिमा परिर्वतन गर्न नसकिने भन्दै आफ्नो स्वास्थ्यका लागि आफैं सजग हुनुपर्ने धारणा राखिन् ।

प्रत्येक मानिस आफ्नै स्वरुप हुने भएकाले दुब्ला वा मोटाप्रति कसैले पनि बडी शेमिंग गर्न नहुने उनको तर्क छ । सुरुमा बडी सेशेमिंगको कुराले आफूलाई पिरोल्ने गरे पनि पछिल्लो समय आफू मानसिक रुपमा सशक्त भएकोले त्यस्तो आलोचनाबाट कुनै फरक नपर्ने बताइन् ।

‘आज मोटी भइस् भन्नेहरू भोलि पातलो हुँदा कस्तो पातली भईस् भन्छन्, मान्छेहरूले आलोचना गर्न छाडदैनन् त्यसैले तपाईं जे हो त्यहि रहनुहोस्,’ उनले भनिन् ।

अभिनेत्री नम्रता पनि बडी सेमिङले केही फरक नपार्ने बताउँछिन् । ‘मानिसहरु मेरो शरीरलाई लिएर अनेकौं टिप्पणी गर्छन्, तर म मेरो शारीरिक बनावटप्रति म खुसी छु । मानसिक र शारीरिक रुपमा फिट हुँदा अरुको विचारले फरक पार्दैन,’ उनले भनिन् ।

उद्घाटनमा अभिनेत्रीद्वय राउत, नम्रता सापकोटा तथा मोडल रियासा दाहाललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट