काठमाडौं- शिवपुरी-नागर्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग गरिएको छ ।
सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर डढेलो नियन्त्रणमा लिने प्रयास गरिएको हो ।
आइतबार दिउँसो आगलागी भएपछि नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल आगो नियन्त्रणका लागि पुगेको थियो ।