पाल्पामा एक कोरोना संक्रमितको मृत्यु-Sutra News

पाल्पामा एक कोरोना संक्रमितको मृत्यु

आइतबार, २९ चैत्र २०७७

आइतबार, २९ चैत्र २०७७

बुटवल- पाल्पामा कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।



कोरोना संक्रमणपछि उपचारको लागि लुम्बिनी मेडिकल कलेजमा भर्ना भएकी तानसेन नगरपालिका वडा नं ३ की ७२ वर्षिय महिलाको सनिबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

मृतक महिला पाल्पास्थित विद्यालयकी पूर्वप्रधानाध्यापक समेत हुन् ।

घरमै आराम गरेकी उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

उनको शनिबार बेलुका निधन भएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए ।

यो सँगै पाल्पामा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट