काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधन भएको छ । चितवनको रत्ननगर बस्दै आएका पौडलका माइला भाइ गोविन्दराज पौडेलको निधन भएको हो ।
सामाजिक सञ्जालमा लेख्दै नेता पौडेलले भाइको निधनले आफूलाई मर्माहत बनाएको बताएका छन् ।
‘मेरा प्यारो माइलो भाइ गोविन्दराज पौडेलको असामहिक निधनको खबरले मर्माहत बनाएको छ । हाम्रो परिवार र गाउँ समाजकै भरोसाका रूपमा हेर्ने भाइ पछिल्लो समय चितवन रत्ननगरमा बस्दै आएका थिए’, उनले लेखेका छन् ।
उनले नातामा भाइ भए पनि आफ्नो साथी जस्तै भएको र सबै कुरा सहयोग गर्ने बताएका छन् ।
‘मेरो राजनीति जीवनकालमा सधैं सहयोगी भूमिका निर्वाह गरेका भाइको निधनले एक्लो भएको महशुस गरेको छु । प्रिय भाइ तिम्रो आत्माको चीर शान्तिको कामना’, उनले लेखेका छन् ।