धनगढीमा कोरोना संक्रमित एकको मृत्यु-Sutra News

धनगढीमा कोरोना संक्रमित एकको मृत्यु

सोमबार, ३० चैत्र २०७७

सोमबार, ३० चैत्र २०७७

धनगढी- धनगढीको सेती प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा उपचाररत् कोरोना संक्रमितको मृत्यु भएको छ ।



कैलालीको गोदावरी नगरपालिका-३ का ५५ वर्षीय संक्रमित पुरुषको सोमबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दीलिप श्रेष्ठले जानकारी दिए ।

आइतबारमात्रै उनको परीक्षण गर्दा कोराना देखिएको थियो । संक्रमित भएपछि उनी गएराति ८ बजेतिर अस्पतालमा भर्ना भएका थिए । उनको रातिदेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

ती पुरुषमा एक्कासी श्वासप्रश्वास र कडा खालको निमोनियाको समस्या देखिएपछि उनको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट