माओवादी केन्द्रका चारजना प्रदेशसभा सदस्य बर्खास्त-Sutra News

माओवादी केन्द्रका चारजना प्रदेशसभा सदस्य बर्खास्त

सोमबार, ३० चैत्र २०७७

सोमबार, ३० चैत्र २०७७

जनकपुर- प्रदेश नम्बर २ मा नेकपा माओवादी केन्द्रले आफ्ना चारजना  प्रदेशसभा सदस्यलाई बर्खास्त गरेको छ ।



नेकपा एमालेमा लागेका प्रदेशसभा सदस्यहरू रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरलाई माओवादी केन्द्रले कारबाहीस्वरुप बर्खास्त गरेको हो ।

उनीहरूमाथि कारबाही गरिएको पत्र माओवादी केन्द्रले प्रदेशसभामा बुझाइसकेको छ । कारबाही गर्नुअघि उनीहरूसँग पार्टीले स्पष्टीकरण सोधेको थियो ।

तर स्पष्टीकरणको जवाफ नदिएका कारण उनीहरूलाई बर्खास्त गर्न प्रदेशसभा सचिवालयमा प्रक्रिया अघि बढाइएको संसदीय दलका नेता भरत साहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट