विभूषणमा नयाँ नक्सा नसमेटेर मौसमी राष्ट्रवाद देखाएको शक्ति बस्नेतको आरोप-Sutra News

विभूषणमा नयाँ नक्सा नसमेटेर मौसमी राष्ट्रवाद देखाएको शक्ति बस्नेतको आरोप

सोमबार, ३० चैत्र २०७७

सोमबार, ३० चैत्र २०७७

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले सरकारलाई दिएको समर्थन दिइरहेको भए पनि सरकारले गरेको असंवैधानिक कामको साक्षी नबसेको बताएका छन् । सोमबार प्रतिनिसधसभाको बैठकलाई सम्बोधन गर्दै बस्नेतले यस्तो बताएका हुन् ।



‘तपाईंहरूलाई भ्रम नमपरोस् सबै खालको असंवैधानिक र अलोकतान्त्रिक गतिविधिहरू हामी साँची बसेका छौं र ल्याप्चे लगाइरहेका छौं । हाम्रो दलको प्राथमिकता लोकतन्त्र, संविधान र संविधानका अग्रगामी मूल्यहरूको रक्षा हो,’ बस्नेतले भने ।

सरकार फेरि संसद विघटन गर्न खोजिरहेको त छैन भन्ने प्रश्न गर्दै उनले परम्परागत मुल्यहरूलाई पुनर्स्थापित गर्न खोज्नु प्रतिगमन भएको दावी गरे ।

‘प्रधानमन्त्रीले परम्परागत संसदीय व्यवस्थालाई पुनर्स्थापित गर्न खोज्नुभयो यही हो प्रतिगमन,’ बस्नेतले भने, ‘जब संविधानका मूल्यहरूमाथि प्रहार हुन्छ यही हो प्रतिगमन । संवैधानिक निकायमा गरेको नियुक्ति संविधानको मर्म अनुसार छ ? संविधानले स्थापित गरेका प्रगतिशील मुल्यहरूलाई नामेट गर्ने खोज्नु प्रतिगमन हो ।’

हालै सरकारले दिएको विभूषणमा नयाँ नसक्सा नसमेटिएको टिप्पणी गर्दै बस्नेतले सरकारले हल्का टिप्पणी गरेर मौसमी राष्ट्रवाद देखाएको आरोप लगाए ।

‘विभूषणमा नयाँ नक्सा नसमेटिएको कुरा उठेको छ,’उनले भने, ‘ सरकारले अत्यन्त हल्का टिप्पणी गरिहेको छ । पदक वितरण गर्ने निर्णय पहिले भएको होला तर वितरण त अहिले गरिएको हो नि ! यही सरकारले गरेको हो नि ? यो मौसमी राष्ट्रवाद हो या अरु केही हो ? यस्तो हल्का टिप्पणी नहोस् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट