एकैदिन १३ जना कोरोना संक्रमितको मृत्यु, ४९६ संक्रमित थपिए-Sutra News

एकैदिन १३ जना कोरोना संक्रमितको मृत्यु, ४९६ संक्रमित थपिए

सोमबार, ३० चैत्र २०७७

सोमबार, ३० चैत्र २०७७

काठमाडाैं- पछिल्लो २४ पाँच हजार एक सय पाँच जनाको पीसिआर परीक्षण गर्दा चार सय ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 



यस अवधिमा १३ जनाको काेराेना संक्रमणका कारण निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयकाअनुसार हालसम्म संक्रमणबाट निधन हुनेको संख्या तीन हजार ५३ पुगेको छ । 

संक्रमणमुक्त हुनेको संख्या १३८ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या तीन हजार ३ सय ६ जना छ । निको हुने दर घटेर ९७.७ प्रतिशतमा झरेको छ ।

नेपालमा हालसम्म तीन हजार ५३ जनाको कोरोना कारणले मृत्यु भएको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट