ओलीले पार्टीलाई एकपक्षीय रूपमा सञ्चालन गरेको नेपालको आरोप-Sutra News

ओलीले पार्टीलाई एकपक्षीय रूपमा सञ्चालन गरेको नेपालको आरोप

सोमबार, ३० चैत्र २०७७

सोमबार, ३० चैत्र २०७७

जनकपुरधाम- नेकपा एमालेका नेता एवम् पूर्वप्रधानमन्त्री माधव नेपालले पार्टीमा आलोचना र सुझाव दिनेलाई शत्रुवत् व्यवहार गर्न नहुने बताएका छन् ।



अखिल नेपाल महिला संघ प्रदेश नं २ द्वारा आज जनकपुरधाममा आयोजित प्रदेशस्तरीय भेलामा नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकपक्षीय रुपमा सञ्चालन गरेको आरोप लगाए । पार्टीमा भेदभाव बढ्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

‘पार्टीभित्र आलोचना सुन्ने र सुझावलाई अङ्गीकार गरी गल्ती स्वीकार गरेर अघि बढ्नु पर्छ’, नेता नेपालले भने । देशमा सबैभन्दा राम्रो पार्टी कम्युनिस्ट पार्टी भए पनि पछिल्लो समय पार्टीमा संकट बढ्दै गएको उनको भनाइ थियो ।

भेलामा पार्टीका उप–महासचिव घनश्याम भुसालले पार्टीभित्र मनमुटाव र गुटवाजी बढ्दै गएको र त्यसलाई रोक्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट