तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने मन्त्रिपरिषद्को निर्णय-Sutra News

तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने मन्त्रिपरिषद्को निर्णय

मंगलबार, ३१ चैत्र २०७७

मंगलबार, ३१ चैत्र २०७७

काठमाडौं- सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने भएको छ ।



सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपालमा कोरोना भाइरसको दोस्रो लहर फैलिँन नदिँन जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने निर्णय गरेको हो ।

बैठकमा कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को पछिल्लो प्रस्तावमाथि छलफल भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।

नयाँ प्रजाति कोरोनाको जोखिम बढ्न नदिँन पहिलो चरणमा नयाँ मापदण्डको बारेमा जनतालाई सार्वजनिक रुपमा अपिल गर्ने निर्णय भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट