रुपन्देही- ऊर्जामन्त्री टोपबहादुर रायमाझीले सरकारलाई दिएको समर्थन फिर्ता नलिइ माओवादी केन्द्रले सडकमा सरकारविरुद्ध नारा लगाउनुको कुनै औचित्य नभएको बताएका छन् ।
गृहजिल्ला अर्घाखाँचीमा प्रेस चौतारीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा रायमाझीले भने,‘सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिने अनि सडकमा रोइ कराइ गर्नुको कुनै अर्थ छैन ।’,
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफैंले प्रस्ताव गरेका प्रधानमन्त्री केपी ओलीको विरोध गर्नु प्रचण्डको राजनीतिक विचलन भएको मन्त्री रायमाझीले टिप्पणी गरे ।
माओवादी केन्द्रलगायतका अन्य दलले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म ओली सरकार रहिरहने बताउँदै मन्त्री रायमाझीले सरकार ५ वर्षसम्म रहिरहने दाबी गरे ।