चितवनमा कोरोना संक्रमित पुरुषको मृत्यु-Sutra News

चितवनमा कोरोना संक्रमित पुरुषको मृत्यु

मंगलबार, ३१ चैत्र २०७७

मंगलबार, ३१ चैत्र २०७७

चितवन- चितवनको भरतपुर महानगरपालिका-१८ का ५२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण आज मृत्यु भएको छ ।



निमोनिया, मधुमेह र रक्तचापको उपचारका लागि चैत २२ गते भरतपुर अस्पताल पुगेका उनको सोही दिन नमूना परीक्षण गर्दा कारोना संक्रमणको पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए ।

उनको शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय भइरहेको उनले जानकारी दिए । जिल्लामा हालसम्म ६ हजार ९७९ मा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले जिल्लामा ६८ जना सक्रिय संक्रमित छन् । तीमध्ये सात अस्पतालमा र ६१ जना होम आइसोलेशनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट