शिल्पा पोखरेलले दर्ता गरिन् प्रकाश सुवेदीविरुद्ध मुद्दा-Sutra News

शिल्पा पोखरेलले दर्ता गरिन् प्रकाश सुवेदीविरुद्ध मुद्दा

मंगलबार, ३१ चैत्र २०७७

मंगलबार, ३१ चैत्र २०७७

काठमाडौं- अभिनेत्री शिल्पा पोखरेलले चलचित्र पत्रकार प्रकाश सुवेदीविरुद्ध मुद्दा दर्ता गराएकी छिन् ।



केही दिनअघि पत्रकार सुवेदीले एक गसिप कार्यक्रममार्फत अभिनेत्री शिल्पाको चरित्रहत्या हुने सामाग्री तयार गरी प्रसारण गरेका थिए ।

शिल्पाले दर्ता गराएको मुद्दामा सुवेदीले स्पष्टीकरण दिनु पर्ने साथै युट्युबबाट भिडियो डिलिट गर्नुपर्ने लगायतका माग राखेकी छिन् ।

सुवेदीले शिल्पाको रिसेन्ट लभअफेयरलाई लिएर भिडियो सामाग्री बनाएका थिए । उक्त कार्यलाई शिल्पाले नियोजित भनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट