काेराेना संक्रमितकाे संख्यामा दिनहुँ वृद्धि, ५२०३ मा परीक्षण गर्दा ५१७ लाई कोरोना-Sutra News

काेराेना संक्रमितकाे संख्यामा दिनहुँ वृद्धि, ५२०३ मा परीक्षण गर्दा ५१७ लाई कोरोना

मंगलबार, ३१ चैत्र २०७७

मंगलबार, ३१ चैत्र २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप पाँच सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४३८६ जनामा पिसिआर गर्दा ४६० र ८१७ मा एन्टिजेन परीक्षण गर्दा ५७ लाई कोरोना पुष्टि भएको हो ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८० हजार ९८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १५३ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७४ हजार ३१८ पुगेको छ ।

त्यस्तै, कोरोनाको संक्रमणबाट थप पाँच जनाले ज्यान समेत गुमाएका छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०५८ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट