बागमती प्रदेशसभाको बैठक बिहीबार बस्ने-Sutra News

बागमती प्रदेशसभाको बैठक बिहीबार बस्ने

मंगलबार, ३१ चैत्र २०७७

मंगलबार, ३१ चैत्र २०७७

मकवानपुर- बागमती प्रदेशसभाको सातौँ अधिवेशन बैठक पुनःवैशाख २ गते बिहीबार बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।



गत चैत २६ गतेदेखि अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेशसभा पुनः वैशाख २ गते दिनको १ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालय प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रदेशसभामा सत्तारुढ नेकपा एमाले, प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, प्रतिपक्ष नेपाली कांग्रेस, साझा विवेकशील दल नेपाल मजदूर पार्टी, राप्रपा र एक स्वतन्त्र सांसद गरी ११० प्रदेशसभाका सदस्य छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट