राष्ट्रिय आकांक्षा पूरा गर्ने बहसले प्राथमिकता पाओस्ः पूर्वअध्यक्ष रेग्मी-Sutra News

राष्ट्रिय आकांक्षा पूरा गर्ने बहसले प्राथमिकता पाओस्ः पूर्वअध्यक्ष रेग्मी

बुधबार, १ बैशाख २०७८

बुधबार, १ बैशाख २०७८

काठमाडौं- मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नव वर्ष २०७८ को उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदी, बहिनी तथा दाजुभाइमा शान्ति, सुख, समृद्धि, सुस्वास्थ्य र प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन् ।



नयाँ वर्षको उपलक्ष्यमा दिएको शुभकामना सन्देशमा उनले नयाँ वर्षले नेपालीको मुहार उज्यालो तुल्याउन, कोभिड महामारीबाट मुक्ति दिलाउन र समस्त नेपालीमा सुख समृद्धि हासिल गर्न सफलता प्रदान गरोस् भनी कामना गरेका छन् ।

आर्थिक, सामाजिक र सांस्कृतिकरूपले अग्रगमन र रुपान्तरण गर्दै सुखद् भविष्यका लागि विभिन्न कालखण्डमा आन्दोलन गर्नुपरेको प्रसङ्ग उल्लेख गर्दै पूर्वअध्यक्ष रेग्मीले भने, ‘आगामी वर्ष शान्ति, सहकार्य र जनतामा सुख समृद्धि ल्याउने वर्ष बनोस् भन्ने नेपाली मात्रको अपेक्षा हो ।’

आर्थिक र सामाजिक रुपान्तरणका लागि ठोस कदम बढाइनु आजको महत्वपूर्ण आवश्यकता भएको बताउँदै उनले भने, ‘परिवर्तन संवाहकको नै समाज रुपान्तरणको अन्र्तसङ्घर्षले भन्दा अन्तर्घुलन र राष्ट्रिय आकांक्षा पूरा गर्ने बहसले प्राथमिकता पाओस् ।’

नेपालको परिकल्पना साकार पार्नेतर्फ हाम्रा पाइला कति प्रभावकारी भए भनी प्रश्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट