नयाँ वर्षले सकारात्मक चिन्तनको विकास गर्नेछः उपाध्यक्ष दाहाल-Sutra News

नयाँ वर्षले सकारात्मक चिन्तनको विकास गर्नेछः उपाध्यक्ष दाहाल

बुधबार, १ बैशाख २०७८

बुधबार, १ बैशाख २०७८

काठमाडौं- राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले नयाँ वर्षको आगमनसँगै हामी सबैमा सकारात्मक चिन्तन पद्धतिको विकास होस् र समृद्धिको बाटोतर्फ लम्किन सफलता मिलोस् भन्ने कामना गरेकी छिन् ।



नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिदै उनले २०७७ साल समग्रमा हाम्रा लागि त्यति सुखद् हुन नसकेको विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ को सामना गर्नुपरे पनि आगामी वर्ष सुखद् रहने विश्वास व्यक्त गरेकी छिन् ।

नयाँ सालले नेपालीबीच आपसी सद्भाव, समझदारी र सहयोगी भावना फैलाउन, राजनीतिक इमान्दारिता र नैतिकतासहितको सक्षम नेतृत्व विकास गर्न प्रेरणा दिने उपाध्यक्षको विश्वास छ ।

उनले लोकतन्त्र, स्वाधीनता एवं राष्ट्रिय एकतालाई मजबुद बनाउँदै अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस्, भन्ने कामनासमेत गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट