नागरिकको जीवन रक्षा पहिलो प्राथिमकताः प्रधानमन्त्री-Sutra News

नागरिकको जीवन रक्षा पहिलो प्राथिमकताः प्रधानमन्त्री

बुधबार, १ बैशाख २०७८

बुधबार, १ बैशाख २०७८

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएकाले सचेत रहन आह्वान गरेका छन् ।



नयाँ वर्ष २०७८ को अवसरमा बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रम ओलीले भने, ‘पहिलो प्राथिमकता नागरिकको जीवन रक्षा हो । त्यसपछि अर्थतन्त्र, उद्योग, कलकारखाना र शिक्षाका कुरा आउँछ । नागरिकको जीवन नै रहने भने कुनै पनि क्षेत्र फेरि चल्न सक्दैन । उद्योग केही समयका लागि बन्द भए भने पुनःसञ्चालन गर्न सकिन्छ तर जीवन रहने भने पुनःसञ्चालन गर्न सकिँदैन ।’

प्रधानमन्त्री ओलीले सही नीतिका कारण कोरोनाकाबाट तुलनात्मक रुपमा कम क्षति भएको दाबी गरे ।

उनले नेत्रविक्रम चन्द समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु पनि सफलता भएको बताए । ‘अब हिंसाको राजनीति छैन,’ उनले भने ।

सम्बोधनका क्रममा ओलीले विकास निर्माणको चर्चा गर्दै जनतामा आशा जगाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट