वर्ष २०७७ निरर्थक भएन: प्रधानमन्त्री-Sutra News

वर्ष २०७७ निरर्थक भएन: प्रधानमन्त्री

बुधबार, १ बैशाख २०७८

बुधबार, १ बैशाख २०७८

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले उक्त वर्ष निरर्थक हुन नदिएको बताएका छन् ।



नयाँ वर्ष २०७८ को पहिलो दिन आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुनःनिर्मित कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काठमाडौंबासीको दसकौँदेखिको सपना पूरा गरिएको र नयाँ नयाँ विकासका कामहरू पूरा गरिएको र त्यो क्रम जारी रहेको बताए ।

सम्बोधनका क्रममा उनले वर्ष २०७७ मा विभिन्न क्षेत्रमा भएका उपलब्धि र चुनौतीबारे पनि प्रधानमन्त्रीले उल्लेख गरे । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट