‘डाँडाको बरपीपल’को छायांकन वैशाख २२ गतेबाट-Sutra News

‘डाँडाको बरपीपल’को छायांकन वैशाख २२ गतेबाट

बुधबार, १ बैशाख २०७८

बुधबार, १ बैशाख २०७८

काठमाडौं- बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा नयाँ फिल्म ‘डाँडाको बरपीपल’को आगामी वैशाख २२ गतेबाट छायांकन सुरु हुने भएको छ ।



शोभित बस्नेतको निर्देशन रहने फिल्ममा सलोन बस्नेतको जोडी रुविना थापा हुनेछिन् । फिल्मका लागि रुविनाले महंगो पारिश्रमिक लिएको बुझिएको छ ।

फिल्ममा शिव श्रेष्ठ, गौरी मल्ल, राजीवजंग बस्नेत, यसराज गरचको पनि अभिनय रहनेछ । निर्देशक शोभितले फिल्म पारिवारिक कथामा बन्ने बताए ।

फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, द एक्स ब्याण्डका शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य, नवराज गिरीको गीत र रामजी राउतको मुख्य सहायक निर्देशन छ ।

७५ दिनको छायांकन तालिका रहेको फिल्म काठमाडौं, कालाबाङ, पूर्व र से फोक्सुण्डो तालमा खिचिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट