चलचित्र ‘हामी तीन भाइ’ को घोषणा-Sutra News

चलचित्र ‘हामी तीन भाइ’ को घोषणा

बुधबार, १ बैशाख २०७८

बुधबार, १ बैशाख २०७८

काठमाडाैं- चलचित्र ‘हामी तीन भाइ’ को अनौपचारिक घोषणा गरिएको छ । मधुसुदन भट्टराईको निर्देशनमा बन्ने चलचित्रमा सलोन बस्नेत , शिशिर राणा, विकाश चापागाईं ,सदिक्षा पाण्डे र नरेन्द्र केसी आदि अनुबन्धित भएका छन् । 



अन्य कलाकारहरुको छनोट हुन बाँकी रहेको छ । प्रसिद्धि सिने आर्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘हामी तीन भाइ’ लाई साजित महतले निर्माण गर्ने भएका छन् ।

चलचित्रमा द्वन्द्व हिमाल केसी, छायांकन नरेन्द्र कुमार सिंह, संगीत श्याम कृष्ण मानन्धर, लेखन मनिष गौतम र रिवाज दाहाल, स्वर रुपक डोटेल र नितु पौडेल रहेको छ ।

गीतकार उत्तम सेढाई, मुख्य सहायक निर्देशक बिनय पौडेल र राम्जी राउत को रहेको छ । चलचित्रका कार्यकारी निर्मातामा बिक्रम तामाङ हुन् ।

चलचित्र पारिवारिक तथा प्रेम कथामा आधारित रहेर बन्ने छ । डेढ दशक अगाडि चलचित्र ‘हामी तीन भाई’ को निर्माण भएको थियो ।

जसमा लेखन निर्देशन स्व.शिव रेग्मी रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट