काठमाडाैं- प्यूठानको स्वर्गद्वारी नजिक भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीहरू लिएर स्वर्गद्वारी जाँदै गरेको लु १ ज १६५५ नम्बरको जिप प्यूठानको रुमाले भन्ने ठाउँमा दुर्घटना भएको हो ।
दुर्घटनाामा परी जिप चालक मुसिकोट नगरपालिका-३ का केशव कार्की, स्याङ्जा कालिकागण्डकी घर भई जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत प्रशासकीय अधिकृत श्यामलाल न्यौपाने, कम्प्युटर अपरेटर रेसुङ्गा नगपालिका-७ का सूर्य पन्थी, खरिदार धुर्कोट-७ का ईश्वरी भण्डारी र मालिका गाउँपालिका-७ घमिरका यमलाल पन्थीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।
गैरकाअनुसार दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् । दुर्घटनामा घाइते केहीको प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्री उपचार भइरहेको छ ।