पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि-Sutra News

पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार, १ बैशाख २०७८

बुधबार, १ बैशाख २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमकाअनुसार ४ हजार २ सय ८९ जनाको परीक्षण गर्दा ६ सय ५ जनामा संक्रमण पुष्टि भएको हो ।

गौतमकाे भनाइमा काठमाडौं उपत्यकामा २५४ मा संक्रमण पुष्टि भएको छ । ४५१ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना र पीसीआर विधिबाट ५८० जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसमध्ये उपत्यकामा ८० जना आइसीयुमा रहेका छन् २५ जना भेन्टिलेटरमा रहेका छन् । हालसम्म कोरोना संक्रमण मुक्त हुनेका दर ९७.५ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट