गण्डकी प्रदेशमा नयाँ सत्ता समीकरणः मुख्यमन्त्री कांग्रेसलाई दिन माओवादी केन्द्र सहमत-Sutra News

गण्डकी प्रदेशमा नयाँ सत्ता समीकरणः मुख्यमन्त्री कांग्रेसलाई दिन माओवादी केन्द्र सहमत

बुधबार, १ बैशाख २०७८

बुधबार, १ बैशाख २०७८

काठमाडौं– गण्डकी प्रदेशमा नयाँ सत्ता समीरण बन्ने भएको छ । राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्रीविरुद्ध आउने अविश्वासको प्रस्तावमा समर्थन गर्ने घोषणा गरेसँगै नयाँ सरकार गठनका लागि बहुमत पुग्ने निश्चित भएको हो ।



मुख्यमन्त्री नेपाली कांग्रेसलाई दिन माओवादी केन्द्र तयार भएको छ । कांग्रेसबाट कृष्णचन्द्र नेपाली पोख्रेल मुख्यमन्त्री बन्ने सम्भावना छ ।

अब गण्डकी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार हटाएर कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको संयुक्त सरकार बनाउन गणीतीय रुपमा सम्भव भएको छ । स्रोतका अनुसार नयाँ सरकार बनाउँदा मुख्यमन्त्री कांग्रेसले लिने सहमति जुटेको छ ।

मुख्यमन्त्रीमा कांग्रेस र माओवादी केन्द्र दुवैको दाबी थियो । उनका अनुसार अब एकरदुई दिनमा नै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनेछ ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ जना प्रदेशसभा सदस्य चाहिन्छ । मुख्यमन्त्री गुरुङको दल नेकपा एमालेसँग २७ सांसद छ । दोस्रो ठूलो दल कांग्रेसका १५ प्रदेशसभा सदस्य छन् भने माओवादी केन्द्रका १२ छन् ।

राष्ट्रिय जनमोर्चाका तीन र जनता समाजवादीका दुई प्रदेशसभा सदस्य छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट