काठमाडौं- रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब लिभरपुलसँग गोलरहित बराबरी खेल्दै स्पेनिस क्लब रियल समग्रमा ३-१ को नतिजासहित अन्तिम चारमा पुगेको हो ।
पहिलो लेगमा निकालेको ३-१ गोलको जित नै रियलका लागि सेमिफाइनल पुग्ने आधार बन्यो ।
एनफिल्डमा भएको दोस्रो लेगमा बल पोसेसनमा पकड जमाए पनि लिभरपुलले दोस्रो लेगमा गोल गर्न सकेन । जसको कारण लिभरपुल प्रतियोगिताबाट बाहिरियो ।
अब सेमिफाइनलमा रियलले भिडन्त अर्को इंग्लिस क्लब चेल्सीसँग हुनेछ ।