कोरोना संक्रमित ४२ वर्षीय पुरुषको मृत्यु-Sutra News

कोरोना संक्रमित ४२ वर्षीय पुरुषको मृत्यु

बिहिबार, २ बैशाख २०७८

बिहिबार, २ बैशाख २०७८

नेपालगञ्ज- कोरोना भाइरसबाट संक्रमित भएका बाँकेको खजुराका ४२ वर्षीय पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा उनको बुधबार राति १० बजे मृत्यु भएको हो ।



जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीकाअनुसार स्वास्थ्यमा समस्या भएपछि बुधबार नै मेडिकल कलेजमा ल्याइएको थियो । सोही दिन उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बाँकेमा केही दिनयता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । फोकलपर्सन वलीले पछिल्लो सात दिनमा ३ सय ६६ जना संक्रमित थपिएको जानकारी दिए । त्यसमा ६२ महिला र ६१ जना पुरुष छन् ।

भेरी अस्पतालको जाँचमा बुधबार ७५ जना, मंगलबार ५९ जना, सोमबार ४१ जना, आइतबार ८ जना, शनिबार २१ जना कोरोना संक्रमित थपिएका थिए । कोरोना संक्रमित बढिरहदा भेरी अस्पतालमा राख्ने ठाउँको अभाव भएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट