काठमाडाैं- आफूविरुद्ध अविश्वास प्रस्ताव आउने निश्चित भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभा अधिवेशन नै अन्त्य गरिदिएका छन् ।
मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिए आफू अल्पमतमा पर्ने देखेपछि मुख्यमन्त्री गुरुङले प्रदेशसभाको अधिवेशन अन्त्य गरिदिएका हुन् ।
बुधबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पेश गरेकाे थियाे ।
मुख्यमन्त्री गुरुङविरुद्ध बिहीबार कांग्रेस, माओवादी, जसपा र राजमोले अविश्वास प्रस्ताव दर्ताको तयारी गरेका थिए ।