गण्डकीमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता-Sutra News

गण्डकीमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बिहिबार, २ बैशाख २०७८

बिहिबार, २ बैशाख २०७८

काठमाडौं- गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । चालू अधिवेशन अन्त्य गरिएपछि तीन दलले संसद् सचिवालयमार्फत तीन दलले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।



कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका दुई गरी २८ जना सांसदको हस्ताक्षर रहेको अविश्वास प्रस्ताव संसद सचिवालयमा दर्ताका लागि बुझाएका छन् ।

अविश्वास प्रस्ताव दर्ता गराउने क्रममा तीन दलले अबको मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई प्रस्ताव गरेका छन् ।

बुधबार राति चालू अधिवेशन नै अन्त्यको घोषणा गरिएपछि गण्डकीमा कांग्रेस, माओवादी र जसपा आक्रोशित बनेका छन् । संसद् अधिवेशन अन्त्य गर्नु अवैधानिक भएको उनीहरुको निष्कर्ष छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट