विकासका कामप्रति प्रधानमन्त्री असन्तुष्ट, व्यवधान खडान गर्नेले क्षतिको जिम्मा लिनुपर्ने-Sutra News

विकासका कामप्रति प्रधानमन्त्री असन्तुष्ट, व्यवधान खडान गर्नेले क्षतिको जिम्मा लिनुपर्ने

बिहिबार, २ बैशाख २०७८

बिहिबार, २ बैशाख २०७८

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन माथिल्लो तामाकोशी परियोजनामा अस्वभाविक ढिलाइ भएको बताएका छन् ।



नापि विभागद्वारा आयोजित ‘मेरो कित्ता’ शुभारम्भ गर्दै प्रधानमन्त्रीले अबको जोड पेट्रोल, डिजेलभन्दा विद्युततर्फ रहने बताए । यस सन्दर्भमा माथिल्लो तामाकोशीलाई सरकारले अब विशेष चासोका साथ हेर्ने उनको भनाइ छ ।

ओलीले भने, ‘मैले १ वर्षदेखि एउटै कुरा सुनेको छु । एउटा सानो पाइप कि के जाति मेसिन जडान गर्नुछ । १ वर्ष अगाडि त्यही सुनेँ, ६ महिना अगाडि त्यही सुनेँ, ३ महिना अगाडि, १ महिना अगाडि पनि त्यही सुनेको हो । जबकि एक दिन ढिलाइ हुँदा प्रत्यक्ष ५ करोड र परोक्ष १३ करोडको नोक्सानी हुन्छ ।’

अब यस आयोजनालाई आफूले विशेष ध्यान राख्ने उनले बताए ।

‘हामीले कडाइ नगरेको भए मेलम्चीको पानी पनि आउने थिएन । हरेक दिनजसो ताकेता गरेर काम सकाएका हौं । अपर तामाकोशीमा पनि काममा ढिलासुस्ती गर्ने, व्यवधान खडान गर्ने पक्षले क्षतिको जिम्मा लिनुपर्छ । विलम्ब स्वीकार्य हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट