लकडाउन र कर्फ्यूका कारण बलिउडलाई ११०० करोड घाटा-Sutra News

लकडाउन र कर्फ्यूका कारण बलिउडलाई ११०० करोड घाटा

बिहिबार, २ बैशाख २०७८

बिहिबार, २ बैशाख २०७८

काठमाडाैं- दोस्रो चरणको कोरोना भाइरसको प्रभावका कारण यतिखेर भारतमा लकडाउन र कर्फ्यू सुरु भएको छ । जसकारण फिल्मको रिलिज हुने भनेर तोकिएका मिति सर्दै गएका छन् ।



बिगबजेट तथा चर्चामा रहेका ११ फिल्मले रिलिज मिति स्थगन गरेका छन् । अभिनेता सलमान खानको राधे, अभिनेत्री कगंना रनावतको थलाइवी, अक्षय कुमारको सूर्यवंशी र बेलबटम, रनवीर सिंहको ८३ , जोन अब्राहमको सत्यमेव जयते २, रणवीर कपूरको शमशेरा, रानी मुर्खजीको बन्टि और बब्ली २, चेहेरे, हाथी मेरा साथी, ९९ लगायतक अन्य फिल्महरूको अनिश्चीत कालका लागि रिलिज मिति स्थगित भएको हो ।

ट्रेड एक्सपटर्सकाअनुसार यी फिल्महरू भनेको समयमा रिलिज नहुँदा फेरि अर्को ११०० करोडभन्दा बढिको घाटा बलिउडले खेप्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट