आमा बन्दै यी अभिनेत्रीहरू-Sutra News

आमा बन्दै यी अभिनेत्रीहरू

बिहिबार, २ बैशाख २०७८

बिहिबार, २ बैशाख २०७८

काठमाडौं- अभिनेत्री ऋचा शर्मा आमा बन्ने भएकी छिन् । उनले मंगलबार सामाजिक संजालमा भावुक स्टाटस लेख्दै आमा बन्न लागेको जानकारी दिएकी छिन् ।



‘एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरू पोख्न सकिरहेको छैन । आज आफ्नो धड्कनभन्दा कोही अरुको धड्कन मभित्र प्यारो आभास भइरहेको छ। आज तपाईंहरु माँझ यो खुसी बाँडन पाउँदा सम्पूर्ण महसुस भइरहेको छ’ उनले लेखेकी छिन् ।

ऋचा र दिपेक्षले गएको मंसिरमा विवाह गरेका थिए । विवाह भएको ५ वर्ष पछि अभिनेत्री गरिमा पन्त पनि आमा बन्ने भएकि छिन् ।

गरिमाले चैत्र ३१ गते आफू आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले शृष्टिबाट शृस्टिकर्ता, जीवनको अर्को सुन्दर अध्यायमा प्रवेश क्याप्सनका साथ बेबीबम्पका फोटो सेयर गर्दै आमा बन्ने बारे खुलाएकी छिन् । गरिमा लामो समयदेखी बेल्जियममा बस्दै आएकी छिन् । ०७३ सालमा उनी विवाह बन्धनमा बाधिएकी थिइन् ।

यस्तै केही दिनअगाडि अभिनेत्री प्रियंका कार्कीले पनि सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको जानकारी गराएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट