नेपालमा कोरोनाः ५३४ जनामा कोरोना संक्रमण पुष्टि, ५ को मृत्यु-Sutra News

नेपालमा कोरोनाः ५३४ जनामा कोरोना संक्रमण पुष्टि, ५ को मृत्यु

बिहिबार, २ बैशाख २०७८

बिहिबार, २ बैशाख २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ५३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार थप ५ जनाको मृत्यु समेत भएको छ ।



यससँगै देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७४ हजार ६०४ पुगेको छ ।

यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ६६ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार १५२ जनाको परीक्षण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट