काठमाडौं- उपत्यकाको वायु प्रदुषणमा सुधार आएको छ । झण्डै एकमहिनादेखि विश्वको प्रदूषित शहरको सूचीको पहिलो नम्बरमा रहदै आएको काठमाडौंको वायुमा सकरात्मक सुधार भएको हो ।
शुक्रबार विहान ८ बजेको सूचांकअनुसार काठमाडौंको वायु प्रदूषणको मात्रा १ सय १६ रहेको छ । योसँगै प्रदूषित शहरको सूचीको ११ औं स्थानमा झरेको हो ।
बिहीबार राति चलेको हावाहुरी र छिटफुट भएको वर्षापछि यहाँको वायुमण्डलमा रहेको प्रदूषणयुक्त तह हटेको हो । तर अझै वायु प्रदूषणको मात्रा भने स्वास्थ्यका लागि खतराकै अवस्थामा छ ।