भारतबाट फर्किनेहरूमा कोरोनाको उच्च जोखिम-Sutra News

भारतबाट फर्किनेहरूमा कोरोनाको उच्च जोखिम

शुक्रबार, ३ बैशाख २०७८

शुक्रबार, ३ बैशाख २०७८

धनगढी- सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेहरूमा कोरोना संक्रमण बढ्दै गएको पाइएको छ । भारतमा कोरोना संक्रमण उच्च गतिमा बढिरहेको बेला त्यहाँका विभिन्न सहरबाट काम गरेर फर्किरहेका नेपालीमा पनि संक्रमण बढिरहेको पाइएको हो ।



गौरीफन्टा नाकाबाट सबैभन्दा बढी नेपाली फर्किरहेका छन् । जसमध्ये धेरैलाई कोरोना पुष्टि भएको छ । चैत ३ देखि ३० गतेसम्म यो नाकाबाट फर्किएका मध्ये ८ हजार ८ सय ८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको छ ।

जसमध्ये ४६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार दिउँसो सम्ममा गौरीफन्टा नाकाबाट आएकामध्ये १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्यकर्मीले जनाएका छन् ।

चैत २० गते यता भारतबाट आउनेमा कोरोना संक्रमण बढी मात्रामा पुष्टि भएको नाकामा खटिएका जिल्ला स्वास्थ्य कार्यालय कैलालीका कर्मचारी अमित विक बताए ।

गोरखापत्र दैनिक

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट