काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकार प्रमुख नै राष्ट्रिय हीत विपरीतका काममा लागेको खबर आउनु दु:खद् कुरा भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा बागमती प्रदेश स्तरीय कराते प्रतियोगिताको उद्घाटन गर्दै प्रचण्डले देशलाई बन्धकी राख्ने राष्ट्रिय हीत विपरीतका काममा सरकारको नेतृत्व गर्ने प्रमुखनै लागेको खबरहरु सार्वजनिक भइरहेको भन्दै यसले नेपाल र नेपाली जनताको आत्मसम्माननमा प्रश्न खडा गर्ने दुस्साहस भएको बताए ।
राष्ट्रिय हीत विपरीतका काम नेपाली जनतालाई स्वीकार्य नहुने भन्दै उनले जति सुकै गरे पनि जित सत्य र न्यायको जित हुने बताए ।
प्रचण्डले अहिले पनि केही मानिसहरूमा संघीयता खारेज गर्ने, स्थानीय तहको अधिकार केन्द्रमा सीमित गर्ने, समावेशी र समानुपातिकता उल्ट्याउन खोज्ने प्रबृत्ति परेको बताए ।
अध्यक्ष प्रचण्डले जित अन्ततः जनताकै हुने भन्दै देशलाई पछि फर्काउने सपना नदेख्न चुनौती दिए । इतिहासको चक्कालाई पछाडी फर्काउन खोज्ने पश्चगामी र अग्रगमनकारी शक्तिका बीच संघर्ष भईरहेको बताउदै अध्यक्ष प्रचण्डले अग्रगमनका पक्षमा लाग्न खेलाडीलाई समेत आव्हान गरे ।
खेलकुदको विकासका लागि नेपाल उपयुक्त भुगोल र वातावरण भएको देश भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले खेल क्षेत्रको विकासका लागि नेपाल अनुकुल ठाउँ रहेको बताए ।