वाग्मती प्रदेश एमाले संसदीय दलको बोर्ड गठन गर्ने निर्णय-Sutra News

वाग्मती प्रदेश एमाले संसदीय दलको बोर्ड गठन गर्ने निर्णय

शुक्रबार, ३ बैशाख २०७८

शुक्रबार, ३ बैशाख २०७८

वाग्मती- नेकपा एमाले वाग्मती प्रदेशको संसदीय दलले संसदीय बोर्ड गठन गर्ने निर्णय गरेको छ ।



संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज प्रदेशसभाको एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले १५ सदस्यीय संसदीय बोर्ड गठन गरेको एमाले संसदीय दल, वाग्मती प्रदेशका प्रमुख सचेतक केशव पाण्डले जानकारी दिए ।

प्रदेश बोर्डमा एमाले संसदीय दल दलका नेता डोरमणि पौडेल, प्रमुख सचेतक केशवराज पाण्डे, प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरूण नेपाल, शान्ति थिङ, उर्मिला कर्माचार्य, शशीजङ्ग थापा र सरस्वती बाटी रहेको प्रमुख सचेतक पाण्डेले जानकारी दिए ।

पाण्डेकाअनुसार संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तीनजना सदस्य मनोनीत गर्नेछन् ।

बोर्डमा दलको उपनेता र सचेतक पदेन सदस्य रहने व्यवस्था रहेको जनाइएको छ । संसदीय दलको आजको बैठकले संसदीय दलको संशोधित विधानलाई पास गर्ने निर्णयसमेत गरेको प्रमुख सचेतक पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट