काठमाडौं- आज पनि काठमाडौं उपत्यकासहित देशैभर ठूलो हावाहुरीको सम्भावना रहेकाले सबैलाई सतर्क रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेकाे छ ।
महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले शुक्रबार आज (शुक्रबार) र भोलि (शनिबार) दुई दिन बिहीबार साँझको जस्तै देशैभर हावाहुरीको सम्भावना भएको बताएकी छिन् ।
उनकाअनुसार बिहीबार साँझ सुदूरपश्चिम, गण्डकी, बागमती, प्रदेश १ मा ठूलो हावाहुरी आएको थियो ।
‘अपराह्नपछि देशैभर ठूलो हावाहुरीको सम्भावना छ, त्यसैले बाहिरफेर हिँड्नुभएको छ वा यात्रामा हुनुहुन्छ भने सजग रहनुहोला,’ उनले भनिन् । अहिले प्रि-मनसुन सिजन भएकाले हावाहुरी/चट्याङ यसैगरी अचानक हुने उनकाे भनाइ छ ।